धनुषामा टिप्परको ठक्करबाट २ जनाको मृत्यु

Posted on: 05 Sep, 2018

भदौ २०, धनुषा | धनुषामा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । 

धनुषाधाम नगरपालिका वडा नम्बर ९ स्थित धारापानी भन्ने ठाउँमा मंगलबार बिहान ज ५ प ९०४६ नम्बरको सुजुकी मोटरसाईकललाई ना १ क ६१८९ नम्बरको ट्रिपरले  ठक्कर दिन पुगेको थियो । 

मृत्यु हुनेमा अन्दाजी  २७ वर्षीय र अर्का २९ वर्षीय युवक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनीहरुको नाम र ठेगाना खुल्न बाँकी रहेको छ ।

दुर्घटनापछि दुवै युवकको शव क्षतविक्षत भएको प्रहरीले जनाएको छ । 

प्रहरीले मोटरसाईकललाई ठक्कर दिने ट्रिपर र ट्रिपर चालकलाई नियन्त्रणमा लिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!