ललितपुरमा १० वर्षीय छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

Posted on: 05 Sep, 2018

भदौ २०, काठमाडौं । ललितपुरको बाँडेगाउँमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् ।

पीडितको समेत परिचय खुल्ने भएपछि  प्रहरीले पक्राउ पर्नेको नाम खुलाएको छैन ।

महानगरीय प्रहरी प्रभाग, बाँडेगाउँले उनलाई मंगलबार पक्राउ गरेको हो ।  पक्राउ परेका ती व्यक्तिमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरी परिसर, ललितपुरका एक अधिकारीले पीडित बालिका १० वर्षीया भएको बताउँदै थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षण भइरहेको बताए ।

स्वास्थ्य परीक्षणपछि थप विषय खुल्ने पनि प्रहरीले जनाएको छ | बालिका सम्बन्ध विच्छेद भइसकेकी श्रीमतिपट्टिकी छोरी थिइन् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!