जिल्ला प्रशासन रामेछापका नायव सुब्बा लक्ष्मण भुजेल जनसेवा श्री पदकबाट विभुषित

Posted on: 06 Sep, 2018

भदौ २१, रामेछाप ।

जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेल जनसेवा पदकबाट सम्मानित भएका छन् । निजामती सेवामा राम्रो काम गरेको भन्दै भुजेललाई जनसेवा पदकबाट सम्मानित गरिएको हो ।



मंगलवार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भुजेल सम्मानित भएका हुन् । उनी यस अगाडि जिल्लामा शिक्षण पेसामा अावद्ध थिए । उनले जिल्लामा लामो समय गाविस सचिवको रुपमा समेत काम गरेका थिए । 

विगत लामो समयदेखि निजामती सेवामा कार्यरत भुजेलले गरेको कार्य सम्पादनको आधारमा पदक पाउन सफल भएका छन् । हाम्रो तर्फबाट पनि उहाँलाई बधाई ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!