लिखु तामाकोशी गाउँपालिकामा खोलाले बगाएर मृत्यु भएका परिवारलाई २ लाख रुपैँया हस्तान्तरण

Posted on: 06 Sep, 2018

प्रज्वल पौडेल । भदौ २१, काठमाण्डौँ ।

सरकारले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकामा खोलाले बगाएर मृत्यु भएका परिवारलाई २ लाख रुपैँया दिएको छ । गत भदौ ११ गते खोलामा आएको बाढीले बगाएर मृत्यु भएका वडा नं. ५ नागदहका सिंह बहादुर तामाङ र उनकी श्रीमती रनमाया तामाङका परिवारलाई बुधबार एक कार्यक्रमकाबीच राहत रकम हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 


नेपाल सरकारले उपलब्ध गराउने प्रति मृतक एक लाखका दरले २ लाख रुपैँया जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सहितको टोलीले गाउँपालिकाको कार्यालयबाट हस्तान्तरण गरिएको हो। मृतक तामाङका ५ जना बालवालिका रहेका छन् ।

सानै उमेरमा अभिभावक गुमाउनु परेपछि परिवार समस्यामा परेका छन् । उनीहरुलाई स्थानीय निकाय, सरकारी तथा गैह्र सरकारी, समाजसेवी व्यक्तिको सहयोग आवश्यक परेको छ ।

तस्बिर/ जिल्ला प्रशासन कार्यालय, रामेछाप

यस बिषयमा तपाइको प्रतिक्रिया...!