सल्यानको बडागाउमा लगाईएको अफिम नष्ट

Posted on: 24 Mar, 2016

डिल्लीराज रावत, चैत्र ११, सल्यान । सल्यानको बडागाउमा रहेको अफिम खेति प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरिक्षक श्याम कुमार खत्रीको नेतृत्वमा गएको प्रहरीले बडागाउ ९ वडाचौरमा स्थानियले लगाएको लागुऔषधको रुपमा प्रयोग हुने अफिम नष्ट गरिएको हो ।

विहिबार स्थानियबासीले ४ कठ्ठा जमिनमा लगाएको अफिमलाई नष्ठ गरिएको हो । १५ जनाको सामुहिक प्रहरीको समूह र सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डे, जिल्ला अदालतका नायव शुब्बा विष्णुमणी उपाध्याय, पत्रकार महासंघका उपाध्यक्ष सनत शर्मा सहितको टोलीले एक घरको अफिम नष्ट गर्न लागेपछि स्थानियले आफै नष्ट गरेका थिए ।

हाललाई उक्त स्थानमा लगाइएको अफिम खेति नष्ट भएको र अव यो खेति कसरी भैरहेको र उत्पादित अफिम निर्यातमा कसले भूमिका खेल्छ त्यो विषयमा अनुसन्धान थालिने जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको । यो भन्दा २ बष अघि पनि सल्यानको मर्मपरिकाँडा र चाँदेमा लगाइएको अफिम खेति नष्ट गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!