बझाङमा घासँ काट्न गएकी एक किशोरीको लडेर मृत्यु

Posted on: 07 Sep, 2018

टेकेन्द्र बोहरा | भदौ २२, बझाङ | बझाङको मष्टा गाउँपालिकामा किशोरीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा वडा न १ कोटदेवल घचायामा घर भएकी १८ वर्षिया आशा कुमारी खड्का रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको  छ ।

शुक्रबार बिहान १० बजे जिल्लाकै सकुन्याडी भन्ने ठाउँमा घाँस काट्न गएकी खड्का घाँस काटिरहेको स्थानबाट करिब २०० मिटर तल खसेकी हुन ।

खड्का जिल्लाको सत्यवादी माविमा कक्षा ११ अध्ययनरत बिध्यार्थी हुन । गयराति आएको अविरल वर्षाले गर्दा घाँस काट्ने ठाँउमा चिप्लो भएका कारणले मुत्यु भएको उनका आफन्तले बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!