नेपाल अर्बुद रोग निबारण संस्थाको बैठक सम्पन्न

Posted on: 08 Sep, 2018

भदौ २३, अर्घाखाँची | नेपाल अर्बुद रोग निबारण संस्था अर्घाखाँचीको बैठकले विभिन्न निर्णय गरि सम्पन्न भएको छ । 

बैठकले आगामी भाद्र ३१ गते बिहान सन्धिखर्क २ चुत्राबेशी भक्तिटोला चोकमा बिहान  ठिक ९:३० बजे अर्बुद रोग सम्बन्धि विभिन्न चेतनामूलक प्रबचन दिने कार्यक्रम राखेको छ।

सो बैठकले संस्थाका सदस्य बिजुला रायमाझी का श्रीमान शिक्षाप्रेमी बुद्धि बहादुर रायमाझी र संस्थाका आजिबन सदस्य चुरामणी भुसालको छोरिको अर्बुद सम्बन्धि काठमाडौं र दिल्लीमा उपचार चलेकोले स्वास्थ्य लाभको कामना गर्ने निर्णय गर्नुको साथ साथै सन्धिखर्क नगरपालिका ४ टुनिपोखरा निवासी स्काउट प्रशिक्षक तथा सेवा निबृत शिक्षकको उपचारको सिलसिलामा भएको निधन प्रती श्रद्धाञ्जली सहित परिबारमा समबेदना प्रकट गर्ने निर्णय गरेको छ।

बैठक संस्थाका अध्यक्ष पिताम्बर बन्जाडेको अध्यक्षता र सचिब कुशल भुसालको संचालन र माइनेट्युनमा सिएमए क्याम्पसको सभाहलमा सम्पन्न भएको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!