डुंगा दुर्घटनामा बेपत्ता भएका मध्ये एक जनाको शव भेटियो

Posted on: 08 Sep, 2018

भदौ २३, पोखरा | पोखराको बेगनास तालमा डुंगा पल्टिँदा त्यसमा सवार पाँचजना बेपत्ता भएका छन् । नौ जना चढेको डुंगा पल्टिँदा तीनजनाको उद्दार गरिएको छ । प्रहरीले बेपत्ता रहेका मध्ये २ जनाको शव भेटिएको जानकारी दिएको छ । शव कृष्णकुमारी बजगाईको रहेको त्यहाँबाट अर्जुन थापाले जानकारी दिए । २ जनाको जीवित उद्दार गरिएको छ |


डुंगाबाट एक बालक तालमा खसेपछि उनलाई बचाउने क्रममा अनियन्त्रित भएको डुंगा पल्टिएको प्रहरीले जनाएको छ । उद्धार गरिएकोमा सपना खनाल, निशा पौडल र कमलराज कडेँल रहेका छन् । उनीहरुको  लेखनाथ सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । वेपत्ता भएकाहरुमा ७ वर्षिय प्राचिन पौडेल,  २५ वर्षिय रवी खनाल, ८ वर्षका शंकर खनाल र शिव खनाल रहेका छन् भने एक जनाको परिचय खुलेको छैन् । बेगनासवारीबाट पारीतर्फ आफन्तको घरमा तीजको दर खान जानेक्रममा डुंगा दुर्घटनामा परेको कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए । अहिले एसपी राणासहितको टोली उद्दारका लागि घटनास्थलमा खटिएको छ । एसपी रानाले गोताखोरको माध्यमबाट बेपत्ता रहेकाहरुको खोजी भइरहेको जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!