हेलिकप्टर दुर्घटना अपडेटः पाइटलसहित ६ जनाको मृत्यु (नामावलीसहित)

Posted on: 08 Sep, 2018

भदौ २३, नुवाकोट । गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि भएको छ । हेलिकोप्टर नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सुङचेतको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । घटनास्थलमा ५ जनाको शव, १ जनालाई अचेत अवस्थामा उद्धार । घटनास्थलमा ५ जनाको शव भेटिएपनि कसैको शनाखत हुन सकेन ।

हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको छ ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक थिए ।

स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । जापानी नागरिक कोमात्सुको पासपोर्ट नम्बर TK 713612068 हो ।

दुर्घटनापछि आनीले फोन गरेर आफू सकुशल रहेको बताएकी थिइन् । त्यसआधारमा हेलिकोप्टर दुर्घटना स्थल लोकेट भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!