प्रहरी जनताको अग्रभागमा सुरक्षाको काम गर्छ : प्रहरी प्रमुख नेपाल

Posted on: 30 Mar, 2016
डिल्लीराज रावत, चैत्र १७, सल्यान । प्रहरी नायव महानिरिक्षक माधव कुमार नेपालले प्रहरीले जनताको अग्रभागमा रहेर सुरक्षाको काम गर्ने बताएका छन । सरकारले दिएका सुविधाबाट नयाँ प्रविधिको वेशमा काम गर्ने बताउदै मध्यपश्चिम प्रहरी प्रमुख माधवले जनताको विश्वास नै प्रहरी भएको बताएका छन । nepal उनले यतिबेला सल्यानमा घटेका घटनाहरुमा पनि विभिन्न प्रविधिको प्रयोग गरि प्रहरीले सफलता हात पारेको बताएका छन । यो जमाना प्रविधिको भएकाले प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताएका नेपालले अपराधीलाई सजाय दिलाउन र कानुनको दायरामा ल्याउन त्यस्ता प्रविधिले काम गर्ने बताएका छन । विगत केहि दिनदेखि सल्यानमा घटेका जघन्य अपराधहरुको अवलोकनका लागि सल्यानका आएका उनले यदि प्रहरीले कुनै बदमासी गरेमा त्यसको फैसला अदालतल भएकाले कानुनी राज्यमा कानुन भन्दा माथि कोहि नभएको बताएका छन । यदि प्रहरीले अनुसन्धान त्रुटी गर्छ भने त्यसको पनि छानविन हुनुपर्ने बताउदै उनले कानुनले कसैलाई नछोड्ने बताएका छन । प्रहरीले कसैलाई फसाउन र कसैलाई उकास्न कुनैपनि गतिविधि नगर्ने भन्दै प्रहरीले पनि मानव अधिकारको रक्षा गर्ने बताएका छन । आफुले प्रहरी र जनताको सहकार्यलाई लागु गराउने गरि प्रहरीको परिचालन गरेको बताउदै उनले मध्येपश्चिममा देखिएको लागुऔषधलाई तल्लो स्तरसम्म ल्याउने गरि योजना ल्याएको र आफु त्यसमा सफल हुने बताएका हुन । जिल्ला प्रहरी कार्यालय सल्यानमा जिल्लाका राजनीतिक दल, पत्रकार, तथा विभिन्न व्यक्तिहरुसंग भएको अन्तरक्रियामा उनले कुनैपनि आवरणमा हुने चोरिनिकासी का साथ अपराध र अपराधीलाई सिध्याउने बताएका उनले त्यसमा सहयोग गर्न अनुरोध गरेका थिए । कार्यक्रममा एक कालागाउकी एक बालिकाको बलात्कार पछि हत्या गरिएको अभियोगमा अनुसन्धान भैरहेका गोब्लु भनिने सल्यान जिमाली ३ तुरतुरेका २६ बर्षका एकराज चलाउने लाई पक्राउ गरिएको र जिल्ला अदालत सल्यानबाट ५ दिन म्याद थ भई अनुसन्धान कार्य जारी भैरहेको भन्दै जानकारी दिइएको थियो । उनलाई चैत्र आइतबार बालिका बलात्कार पछि हत्या गरेको भन्दै सोमबार नै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षकको टोलीले पक्राउ गरेको हो । अभियुक्त चलाउनेले मादक पदार्थको अत्यधिक प्रयोग गर्ने र खाना नखाने भएकोले उनको स्वास्थ्य अवस्थामा गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!