सल्यानमा डढेलो वस्तीमा पस्दा ४ वटा घर पूर्ण रुपमा जलेर नष्ट

Posted on: 06 Apr, 2016

चैत २४, सल्यान । सल्यानको धनवाङ ८ मा रहेको कालिजंग सामुदायीक वनबाट शुरु भएको डढेलो वडा नम्बर ५ को वस्तीमा पस्दा ४ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । डढेलो वस्तीमा पुग्दा वडा नम्बर ५ का सार्की भण्डारि, लोक ब भण्डारि र ठग ब भण्डारिको ४ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएको त्यहाँ रहनुभएका राष्ट्रिय मानव अधिकार प्रतीष्ठान सल्यानका सभापती मधुसुदन गिरिले जानकारि दिनुभएको छ । डढेलोले अरु घरलाइ पनि क्षती पु¥याउन सक्ने सम्भावना छ ।

कालिजंग सामुदायीक वन र वडा नम्बर ४ र ५ को एकखुट्टे सालडाँडा सामुदायीक वनमा पनि अहिले भिषण आगलागी भइरहेको छ । डढेलो नियन्त्रण वाहिर रहेको छ । यद्यपि प्रहरी चौकी कपुरकोट, स्थानीयवासि र कपुरकोटवासिले नियन्त्रणको प्रयास जारि राखेका छन् ।   - शँकर के सी बाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!