गुल्मीमा वालवालिकालाई निशुल्क उपचार

Posted on: 09 Sep, 2018

प्रेम सुनार | भदौ २४, काठमाडौँ | राष्ट्रिय वाल दिवसको पूर्व सन्ध्यामा जिल्ला वाल संगठन र जिल्ला वाल कल्याण समिति गुल्मीले संयुक्त रुपमा १२ बर्ष उमेर सम्मका वालवालिकाहरुलाई तीन दिनसम्म निशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरी रहेको छ । तम्घासको वालमन्दिर प्राङ्गाणमा आजदेखि सञ्चालन भएको शिविरको प्रदेश सांसद कमलराज श्रेष्ठले उद्घाटन गरेका थिए ।

वाल संगठनका सचिव हरिकुमार श्रेष्ठले बर्षेनी शिविर राखेर बिशेष गरी उपचारका लागि आर्थि पहुँच नभएका वालवालिकालाई लक्षित गरी यस्तो कार्यक्रम राखिदै आएको बताए । वाल संगठनका अध्यक्ष नन्दराम भुसालले सडक वालवालिकाको  समस्या समधान समेत हुन नसकेको र जनप्रतिनिधीहरुको ध्यान त्यस तर्फ जान नसकेको सांसद र रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्याल संग दुखेसो पोखे ।

उनले भने–‘सडकमा पैसा माग्दै हिड्छन , दया लाग्छ र दिन्छौं । तर एनजिओ आईएन्जीयोहरु काठमाण्डौका तारे होटलमा डिनर गरेर पैसा सक्छन तर यस्ता वालवालिकाहरुको उद्धारमा उनिहरुको ध्यान जान्न्न । न त अहिलेका जनप्रतिनिधीहरुको ध्यान नै जान सकेको छ ।  अझ थप वालमैत्री कार्यक्रमहरु गरौं जस्तो लाग्छ तर हामी संग पैसा छैन ।’

आज पहिलो दिन नै करिव सय जना वालवालिकाहरुले जिल्ला अस्पताल र रेसुङ्गा अस्पतालका स्वास्थ्यकर्मीहरुबाट औषधी उपचार पाएका छन । केहि दिन अघि जिल्ला वालकल्याणसमितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी पौड्यालले पनि  केहि सडक वालवालिकाहरुलाई कपडा लत्ता उपलब्ध गराएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!