थुनुवालाई भेट्न जाँदा आफै पक्राउ !

Posted on: 09 Sep, 2018

भदौ २४, सुर्खेत | सुर्खेतमा शनिबार साँझ थुनुवालाई भेट्न गएका लालबहादुर बुढा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा थुनामा रहेका एक व्यक्तिलाई भेट्न गएका लालबहादुर बुढा पक्राउ परेका हुन् ।

चाउचाउको प्याकेट भित्र चुरोट राखेर बन्दीलाई दिन खोज्दा बुढा पक्राउ परेको प्रहरीले जनाएको छ । वीरेन्द्रनगर नगरपालिका–३ एरी चोकका बुढाले लागुऔषध मुद्दाका प्रतिवादी मिलन राना मगरलाई भेट्न भनि जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । उनले थुनुवा रानालाई लगिदिएको कोशेली चाउचाउको प्याकेट भित्र चुरोट बरामद गरिएको सुर्खेत प्रहरी कार्यालयका डिएसपी एवम् प्रहरी प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिए ।  थुनुवालाई दिन ल्याएका प्रिती चाउचाउको पोकामा फोडेर हेर्दा १६ खिल्ली चुरोट बरामद भएको उनले जानकारी दिए । बुढालाई अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको छ । 

यता, दैलेखमा चितुवाको छालासहित एक जना प्रकाउ परेका छन् । अछामको तुर्माखात गाउँपालिका–६ धमालिका १८ वर्षीय नवीन धमालालाई चितुवाको छालासहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए । धमलालाई दैलेखको आठबिस नगरपालिका–२ राकम कर्णालीबाट पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका धमालालाई अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा बुझाउने तयारी भएको प्रमुख पोखरेले बताए ।  चिुवाको छालासहित शनिबार बिहान प्रकाउ परेको उनलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!