प्रेमीसंग मिलेर श्रीमानको हत्याः न प्रेमी, न श्रीमान, दुबै जेल

Posted on: 09 Sep, 2018

प्रेम सुनार | भदौ २४, बुटवल | केहि दिन अघि  प्रेमी संग मिलेर श्रीमानको हत्या गर्ने एक महिला सहित हत्यामा संग्लग्न तिन जनालाई आज अर्घाखाँची प्रहरीले सार्वाजानिक गरेको छ । भदौ १८ गते  सन्धिखर्क नगरपालिका–१२ बस्यालटोलामा प्रेमीसंग मिलेर वाणगंगा नगरपालिका वाड नम्वर ७ धैरेनीडाडाका ३६ बर्षिय धनबहादुर घर्ती मगरको हत्या उनकी आफ्नै श्रीमतिले गरेकी थिईन  । उनकी श्रीमति राध बस्याल, उनका प्रेमी   रुकुम बाफीकोटका रमेश विक र राधाकी आमा डिभर्नाकी बसुन्धरा बस्यालले  खुट्टा बाँधेर घाँटी थिचेर हत्या गरी बोरामा हालेर जंगलमा फालेका थिए । उनिहरुलाई  प्रहरीले सार्बजनिक गरेको हो ।

घटनाका अभियुक्त रमेश विक र राधा घर्ती बिच विगत ८ बर्ष देखिको माया प्रेम रहेको र विवाह गरि घरजाम गराउने उधेश्यका साथ नियोजित ढंगबाट धनबहादुरको हत्या गरेको पत्रकार सम्मेलनमा प्रहरी नायव उपरिक्षक नवराज मल्लले  जानकारी दिए  ।

धनबहादुरको हत्या गरेपछि राधाकी आमाले जंगलको ठाउँ बताए पछि  बोरामा बाधेर जंगलमा फालेको राधा, रमेश र राधाकी आमाले स्वीकार गरेका छन ।


अभियुक्त रमेशलाइ सल्यानको शित्तलपाटीबाट पक्राउ गरेपछि आज प्रहरीले पत्रकार सम्मेलन गरि अभियुक्तलाइ पक्राउ गरेको थियो ।  उनीहरुलाइ कर्तब्य ज्यान मुद्धा अनुसार कारबाहीको प्रकृया सुरु गरिएको प्रहरी  उपरिक्षक खिम बहादुर  घर्तिमगरले जानकारी दिए   । अभियुक्त बिकले बिदेशबाट घर नगई प्रेमीको घरमा सुटकेश समेत लगेर पुगेका थिए । राधाका श्रीमान बाग्लुङ्ग भएकोले तिन दिन सम्म त्यसै घरमा बसेर चौथो दिन राधाको माईती घरमा बस्न गएका थिए । दशैमा आउँछु भनेर हिडेका उनका श्रीमान बाग्लुङ्गबाट आई  श्रीमति माईतीमा अर्कै मान्छे लगेर पुगेकी छ भन्ने सुराक पाए पछि उनि पनि उनको माईतीमा पुगेका थिए । त्यस क्रममा विवाद चर्कीदै गए पछि उनको तिन जना मिलेर हत्या भएको थियो ।  प्रहरी प्रमुख मल्ल भन्छन , उनिहरु विच १८ वर्षको उमेरमा विवाह भएको रहेछ  । एउटा १४ बर्ष र अर्का ९ बर्षका छोरा रहेछन । उनिहरुको बिचल्ली भएको छ । 

विदेशमा रहेका प्रेमी बिक संग फेशवुकबाट प्रेम सम्वन्ध चले देखि उनै संग लिन हुँदै आए पछि अहिले यस्तो घटना घटन् पुग्यो । कति भए मान्छेको बैसले बुद्धि भुटिए पछि अहिले ति महिला न श्रीमान, न प्रेमी न माईती हुँदै जेलको चिसो खाने भएकी छन । उता कमाउन गएका बिक घरमा श्रीमति छोरा छोरीको आँखामा आँशु पारेर जेल जाने भएका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!