पर्वतमा भेटियो ११ फिट लामो विषालु किङ कोब्रा अर्थात काली नाग, हेर्नेको भीड (भिडियो सहित)

Posted on: 10 Sep, 2018

पर्बत/ पर्बतको कुश्मा नगरपालिका १० पिपलटारीको सिमखेतमा अनौठो सर्प देखिएको छ । करिव साढे ११ फिट भन्दा लामो कालो रंगको सर्पले हाल सम्म देखिएको सबै भन्दा ठुलो अर्को एक सर्पलाई खाँदै ( निल्दै) गरेको अवस्थामा शनिवार दिउसो भेटिएको स्थानियबासीले बताएका छन् ।

अर्का ठुलो सर्पलाई खादै गरेको अबस्थामा स्थानियबासिले देखेपछि उनिहरुले डिभिजन बन कार्यलय पर्बतलाई खबर गरेका थिए । खबर पाउना साथ सो स्थानमा पुगेको डिभिजन बन कार्यलयको टोलीले पोखराबाट सर्प संरक्षक तथा सर्प बिषेशज्ञको टिमलाई खबर गरेका थिए । बिषेशज्ञ सहितको प्राबिधिक टिम आईतबार सो स्थानमा आई अबलोकन गर्दा उक्त सर्प किङ कोब्रा अर्थात नेपालि नाम काली नाग रहेको पुष्टि गरेको सो स्थानमा पुगेका पत्रकार गणेश पौडेलले बताए ।

उनका अनुसार सर्पलाई पोखराबाट आएका ३ प्राबिधिक टिम महेन्द्र कतिला, रोशन गिरी, रबिन्द्र बिश्वकर्मा र डिभिजन बन कार्यलय पर्बतबाट खटिएका चुणमण्डि बराल, गोबिन्द पौडेल र ईश्वर पुरीले किङ कोब्रा अर्थात नेपालि नाम काली नाग रहेको पुष्टि गरेका हुन ।

सर्पलाई अहिले प्राबिधिक सहितको टिमले नियन्त्रणमा लिएको र पर्बतकै एक घना जङगल अर्थात उपयुक्तm बासस्थानको खोजी गरि छाडिएको छ । पर्बत जिल्लामै पहिलो पटक यति ठुलो सर्प अहिले सम्म नदेखिएको र अनौठो सर्प एक्कासी देखिएपछि सर्प हेर्नको लागि स्थानियबासिको समेत घुईचो लागेको थियो ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!