रुपन्देहीमा एक युवती रहस्यमय अवस्थामा मृत फेला

Posted on: 10 Sep, 2018

भदौ २५, बुटवल | रूपन्देहीको शुद्धोधन गाउँपालिकामा एक युवती रह्जस्यमय अवस्थामा मृत फेला परेकी छिन् ।

गुलाबी रंगको कपडा लगाएकी युवतीको शुद्धोधन गाउँपालिका–७ छपिया नजिकै दानव नदीमा शव फेला परेको हो । युवतीको उमेर अन्दाजी २० वर्षकी जस्तो देखिने जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । युवतीको सनाखत हुन नसकेको प्रहरीले बताए । 

घटनाको विस्तृत विवरण आउन सकेको छैन । युवतीले लगाएको कपडा पाखुरानिर च्यातिएको अवस्थामा शव फेला परेकाले स्थानीयले बलात्कार पछि हत्या भएको आंशका गरिएको छ । केही समय अगाडि पनि ओमसतियामा एक युवाले आफ्नै प्रेमीकालाई हत्या गरी फालेको अवस्था एक युवतीको शव फेला परेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!