प्रहरीकै संलग्नतामा जुवातास खेलाईदै, चैनपुरमा एकै रातको करौडौको जुवा

Posted on: 10 Sep, 2018

टेकेन्द्र बोहरा | भदौ २५, बझाङ | पछील्लो समयमा जिल्लाको सदरमुकाम चैनपुरमा प्रहरीकै मिलोमतोमा जुवातास मौलाउदै गएको छ ।

प्रहरीकै मिलोमतोमा प्रत्यक्ष रुपमा जुवातास खेलीरहेको सुचनाहरु बहिर आउदाँ पनि जिल्ला प्रहरी कार्यालय बझाङ र यससँग समन्धीत सरोकारवाला नि कायहरु मौन वनेका छन् ।

जिल्लाकै अति संबेदनशिल मानिने सदरमुकाम चैनपुरको धेरै जसो स्थानमा रहेका जुवा खेलाउने अखडाहरुमा दैनिकी रुपमा करौडौको जुवातास हुने गरेको तथ्य वाहिर आएको छ।

प्रहरीको प्रत्यक्ष संग्लनबाट जुवा खेलाउने ब्यत्तीका ,घर जिल्ला प्रहरी कार्यलय जाने बाटोमा रहेको शिबबोहराको घरमा, सदमुकाम चैनपुरकै चौराहा नजिकेको लाले भनेर चिनिने लालबहादुरको घरमा , मानबहादुर पहाडी भनिने मानु बोहराको घरमा , प्रहरीकै सँङ्लग्नतामा जुवा खेलिरहेको सुचनाहरु वाहिर आएको छ । 

जिल्लामा भैरहने अपराध अनुसन्धानमा खटीने घुमुवा प्रहरी र डिउटीमा खटिने प्रहरी अपराध विरुद्द खटिनुको साटो जुवाडेको सुरक्षामापछि लागी रहेको सदरमुकाम चैनपुरका स्थानियवासीहरु वताउछन  ।

म नेपालप्रहरीको क्षेत्रीय घुमुवा प्रहरी हुँ भन्दै एक रातको दशहजार पैसा असुली गरेको एक गोप्य स्रोतले जानकारी दिएको छ । 

सदरमुकाम चैनपुरमा प्रहरीको लापरवाहिका कारण दिनानु चोरीका घटाना घटीरहेका छन् | केही अघि मात्रै दिउसै अभि भनिने भएको बोहराको कानमा लगाएको मुन्द्रा चोरी भएको थियो  ।

त्यस लगत्तै सदरमुकाम चैनपुरकै मेन चैराहमा रहेको चन्द्र मोवाईल ग्यालरीमा चोरी हुदा लाखौ रुपयौ चोरी  भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!