राष्ट्रिय महिला भलिवल प्रतियोगिता लामाचौरमा सुरु

Posted on: 10 Sep, 2018

 पोखरा २५,भदौं पोखराको लामाचौरमा जारी तीज महोत्सवमा आज ( सोमबार) देखि राष्ट्रिय महिला भलिवल प्रतियोगिता सुरु भएको छ । सोमबार भएको उद्घाटन खेलमा गत बर्षको उपविजेता काठमाण्डौंको न्यू डायमण्ड एकेडेमीले विजयी सुरुवात गरेको छ ।लामाचौरमा रहेको इन्द्रराज्य लक्ष्मि माविको खेल मैदानमा भएको उद्घाटन खेलमा न्यू डायमण्डले पोखराको टप्स माविलाइ २५–२२, २५–१७ र २५–१९ को सोझो सेटमा पन्छाउदै विजयी सुरुवा गरेको हो ।लिग चरणकै दोश्रो खेलमा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलकोए.पि.एफ.ले चितवन टाईगरलाई २५–२१, २५–१८ र २५–१४ को सोझो सेटमापराजित गरेको हो । बर्षादका कारण लिग चरणको तेश्रो खेल स्थगित भएकोखेल संयोजक शुसिल कुमार श्रेष्ठले बताए । न्यू डायमण्ड र विभागिय टोलीत्रिभुवन आर्मी क्लव बिचको खेल जारी रहदा ठुलो बर्षाद भएसंगै खेल स्थागित भएको हो ।यही भदौं २७ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन गण्डकीप्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुनले गरिन । कार्यक्रममा बोल्दै उनलेयस्ता मेला र महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुनुले महिलाहरुको प्रतिभा प्रष्फुटन हुने बताईन ।


उक्त प्रतियोगितामा ५ टिमको सहभागिता रहेको रहेको प्रचार संयोजकधर्ममानसिंह भण्डारीले बताए । विजेतालाइ यस बर्ष २४ हजार ९ सय १,उपविजेतालाई १४ हजार ९ सय ४ रुपैया बृद्धि भएको हो । प्रतियोगितामा विजेता टिमले एक लाख रुपैया र दोश्रो हुनेले ६५ हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने भएको संयोजक श्रेष्ठले जनाए । नेपाल पुलिस र जाउखाखेल भलिवल प्रशिक्षण केन्द्र प्रविधिक कारण वश प्रतियोगितामा सहभागि हुन सकेनन ।  त्यसै गरी अन्तर मावि छात्रा भलिवल प्रतियोगिताको उपाधिको टप्स माविले जितेको छ । सोममबार भएको फाइृनल खेलमा टप्सले करुणा निधि फाउण्डेसन (केफ) लाई सोझो सेटमा पराजित गर्दैै उपाधि जितेको हो । विजेताले २५ हजार र उपविजेताले १५ हजार पुरस्कार प्राप्त गरे ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!