१० किलो सुनसहित समातिएका दुई अभियुक्त सार्वजनिक

Posted on: 10 Sep, 2018

भदौ २५, गोरखा | अवैध १० किलो सुन तस्करीका दुई अभियुक्तलाई प्रहरीले आज सार्वजनिक गरिएको छ। 

जिल्ला प्रहरी कार्यालय गोरखाले सदरमुकाममा पत्रकार सम्मेलन गरी बरामद गरेको सुनसहित अभियुक्तलाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा चुमनुव्री गाउँपालिका वडा नं ७ स्थायी घर भएका ५८ वर्षीय मुटुप लामा भनिने छिरिङ डुटुप लामा र सोही ठाउँका २८ वर्षीय लोप्चन तेन्वे रहेका छन्।

गत शनिबार जिल्लाको तिब्बतसँग जोडिएको उत्तरी क्षेत्र सिर्दिबासको फिलिमस्थित प्रहरीको चोकपोस्ट अगाडि जाँचका क्रममा अवैध सुनसहित उनीहरु पक्राउ परेका प्रहरी उपरीक्षक विमल बस्नेतले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!