अस्पतालमा आएका विरामी जंगलमा शौच गर्छन

Posted on: 12 Apr, 2016
चैत्र ३०, सल्यान । जिल्ला अस्पताल सल्यानमा शौचालयको अभावमा विरामीले जंगलको प्रयोग गरिरहेका छन । विरामीले प्रयोग गर्नका लागि अस्पतालमा ६ वटा शौचालय भएतापनि एउटा बाहेक कुनैपनि शौचालय प्रयोगमा आएका छैनन । सुरक्षित सुत्केरीका साथै, एपेन्डिक्स, हर्निया, हाइड्रोसि र पाइल्स जस्ता अप्रेशन गर्नमिल्ने अस्पतालमा दैनिक १५ देखि २० को संख्यामा रहेका विरामी र तिनका कुरुवाले प्रयोग गर्ने १ मात्रै शौचालय संचालनमा आएकोमा विरामीले झनझन सास्ती झलेका छन । विरामीले जंगलको प्रयोग गरे त जंगलमा नै त्यसको दुर्घन्ध हुन्थ्यो तर अस्पतालको हातामा नै दिसा गरिदिने भएकाले झन बाताबरणमा नै समस्या देखिएको छ अस्पतालका डाक्टर प्रदिप यादव भन्छन । अरु त अरु विरामीको ल्याव टेस्टका लागि दिसा, पिसाव र विर्य जाँच गर्नें विरामीले समेत जंगलको प्रयोग गरिएको अस्पतालका ल्याप असिस्टेन्ट भिम रोकाले जनाएका छन । अस्पतालका डाक्टर सचिन यादवले पानिको समस्या र विरामीले प्रयोग गरेको प्याड शौचालयको प्वालमा राखेकाले यस्तो समस्या आएको बताएका छन । जंगलको विचमा रहेको अस्पतालमा सुविधा सम्पन्न शौचालय निर्माण गरिएका भएतापनि प्रयोगमा आएका छन । शौचालयको सरसफाई गर्नलाई अस्पताल विकास समितिले पहल गरेपनि प्राविधिक स्टामेट अनुसार एउटा शौचालयका लागि ३ हजार मात्रै छुट्याइएको र त्यसमा कुनैपनि कामदारले काम नगरेपछि काम हुन नसकेको समितिका अध्यक्ष हरि केसीले जनाएका छन । उनले अस्पतालमा अहिले ट्याङ्करबाट भएपनि पानीको व्यवस्था गरिएको र शौचालयको समस्या केहिदिनमा नै हल गर्ने गरि काम गर्ने बताएका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!