सुर्खेतमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

Posted on: 11 Sep, 2018

भदौ २६, सुर्खेत | सुर्खेतमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिका १४ जुगेपानीका  ५० वर्षीया  प्रेमबहादुर कामीको ज्यान गएको हो । 

मंगलबार बिहान १ बजे घरमा चट्याङ परेको थियो । चट्याङ लागेर मृतक कामीकी श्रीमती खगिसरा घाइते हुनुभएको छ । चटेयाङ लागेर गोठमा रहेको २ ओटा गाई, एउटा गोरु र एउटा कुकुरकोसमेत ज्यान गएको प्रहरीले जनाएको  छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!