खुल्ला कारगार नीतिः श्रम गरेर पनि सजाएँ भुक्तानी हुने

Posted on: 11 Sep, 2018

प्रेम सुनार | भदौ २६, गुल्मी | भदौ १ गते देखि लागु भएको मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता भित्र अरु केहि नयाँ र सबैलाई जिम्मेवार बनाउने ऐनहरु पनि रहेका छन । त्यस मध्ये कैदीहरुलाई खुल्ला कारागार बनाईने र श्रम शिविरमा राखेर कैद भुक्तानी गराईने भएको छ ।

आज एकिकृत ग्रामिण बिकास समाज गुल्मीले यहाँ पत्रकार र अन्य सरोकारवालाहरुलाई मुलुकी संहिताबारे सु–सुचित पार्न आयोजना गरिएको अन्तरकृया कार्यक्रममा जिल्ला न्यायाधिबक्ता रामचन्द्र उपाध्याय घिमिरेले यस्तो जानकारी दिएका हुन ।

‘कुल अवधीको दुई तिहाई कैद भुक्तानी भई सकेका र आचरण राम्रो भएका कैदीहरुलाई श्रम शिविरमा राखेर उत्पादनशिल कार्यमा लगाईने छ , उनले भने–‘सरकारले कार्यन्वयन गर्न बाँकी छ ।  खुल्ला कारागार र श्रमशिविरलाई आबश्यक भौतिक संरचना निर्माण , आबश्यक कर्मचारी र उत्पादनशिल कार्यको नीति सरकारले बनाए पछि खुल्ला कारागार कार्यन्वन हुनेछ ।’

त्यस्तै  एक बर्ष भन्दा तल कैद सजायको फैसला भएकाहरुकालाई बाहिर निस्केर दिनभरी पढ्न पाउने र साँझ कारागारमा जानु पर्ने ,  हाल सम्म बाबु आमा वा श्रीमान र श्रीमतिको मृत्यु हुदा बन्दीहरुले कारागार भित्र पनि काज–किरिया गर्न नपाएकोमा अब उनिहरुलाई काज किरिया गर्न  प्रहरीको निगरानी सहित घर पठाईने अपराध संहितामा रहेको जानकारी पनि घिमिरेले गराए ।


घिमेरेका अनुसार देवानी मुद्धाहरुमा भदौ १ अघि सम्म पिडकलाई कैद सजाय मात्र बढि हुन्थ्यो अब सजाएँ सहित पिडितलाई क्षतिपुर्ती पनि अनिवार्य दिलाईने भएको छ । १२ बर्ष सम्म कुनै बेपत्ता ब्यक्ति परिवारको सम्पर्कमा नआए उसलाई मृत्यु  दिईने भएको छ ।

सेनाको युद्ध समाप्त भएको चार बर्षसम्म बेपत्ता सैनिक सम्पर्कमा नआए उसलाई पनि मृतक घोषणा गरिने भएको छ । हवाई जहाज दुर्घटनामा परी बेपत्ता भएको ब्यक्ति तिन बर्ष नाघे पछि मृतक घोषणाा गरिने छ ।

नैतिक पतन देखि फौजदारी सजायँ भोगेको ब्यक्तिले उक्त कुरा नबताई ढाँटेर बिबाह गरेको पाईए उक्त बिबाह स्वतः बदर हुनेछ । बिबाह गरेको ६ महिना अर्थात १ सय ८० दिन भित्रमा महिला सुत्केरी भएको खण्डमा ति सन्तान विवाहित पुरुषको मानिने छैन ।

सन्तान २१ बर्ष पुरा गरेका, बिबाह गरेका, रोजगार प्राप्तहरुलाई बाबु आमाबाट छोरा छोरी प्रति जिम्मेवारी र दायित्व संयुक्त हुनेछ । कार्यक्रममा  आयोजक संस्थाकी  परियोजना संयोजक हिरा कुँवरले आज विभिन्न संघ संस्थाहरुले जताततै तिज गित नाच गरिरहेका बेला नयाँ संहिता बारे सञ्चारकर्मी र अन्य सरोकारवालाहरुलाई सु–सुचित गराउने कार्यक्रम राख्न उपयुक्त ठानेर यस्तो कार्यक्रमको आयोजना गरिएको बताईन ।

सो संस्थाका प्रबन्ध निर्देशक कृष्ण बिश्वकर्माले मुलुकी संहिता सञ्चारकर्मीहरु मार्फत जनस्तर सम्म पुराउने उद्देश्य रहेकोले प्रत्येक बुँदा प्राय हरेक दिन सम्प्रेषण गरी दिन आग्रह गरे । संस्थाका अध्यक्ष हिरा एसीले प्रत्येक स्थानिय तह सम्म पुगेर मुलुकी संहिताबारे सु–सुचित गर्ने लक्ष्य रहेको बताए । जिल्ला न्यायधिबक्ता घिमिरेले आफु जनस्तर सम्म जान तयार रहेको स्पष्ट पारे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!