कञ्चनपुरमा फेरि अर्की १० वर्षीया बालिका बलात्कृत

Posted on: 12 Sep, 2018

भदौ २७, काठमाडौं । निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण सेलाउन नपाउँदै सोहि जिल्ला कञ्चनपुरमा फेरि अर्की १० बर्षीय बालिका बलात्कृत भएकी छन् ।

कंचनपुरको महाकाली नगरपालिका–४, सुर्खेती टोलकी १० वर्षीय बालिका बलात्कारको सिकार भएकी हुन् । प्रहरीले बालिका बलात्कारको आरोपमा स्थानीय ४० वर्षीय आइते सुनारलाई पक्राउ गरेको छ ।

बलात्कारको घटना थाहा पाए लगत्तै परिचालित प्रहरीले उनलाई पक्राउ गरेको छ । घटना लगत्तै कंचनपुरको दोधाराबाट खटिएको प्रहरी टोलीले आरोपीलाई पक्राउ गर्न सफल भएको हो ।

आरोपी ४० वर्षीय आइते सुनार धानबारीमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!