सल्यानको झिम्पेमा राम जानकी मन्दिरको उद्घाटन, शान्तिको प्रतीक परेवा उडाइयो

Posted on: 15 Apr, 2016

शँकर के सी, बैशाख ३, सल्यान । सल्यानको कोर्वाङ झिम्पे ७ हात्ती ढुंगामा निर्माण गरिएको राम जानकी मन्दिरको आज उद्घाटन गरिएको छ । parewa स्थानीय निवृत्त शिक्षक तारा प्रशाद शर्माको पहलमा निर्माण गरिएको मन्दिरको आज एक कार्यक्रमका विच उद्घाटन गरिएको हो । मन्दिर व्यवस्थापन समितीका अध्यक्ष बोलाराम ओलिको अध्यक्षता र गाविस सचिव बुद्धि प्रकाश शर्माको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा काग्रेस महासमिती सदस्य केश बहादुर विष्ट, नेकपा एमाले सल्यानका अध्यक्ष हरि के सी, ए माओवादि सल्यानका सल्लाहकार सदस्य ध्रुवराज भण्डारि लगाएतकाले बोल्दै मन्दिरको उन्नतीको शुभकामना व्यक्त गर्नुभएको थियो । तारा प्रसाद शर्माको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा शान्तिको प्रतीक एक जोडि परेवा पनि उडाइएको थियो । कार्यक्रमको सञ्चालन मन्दिर व्यवस्थापन समितीका सदस्य रमेश कुमार शर्माले गर्नुभएको थियो ।।

यस बिषयमा तपाइको प्रतिक्रिया...!