उमावि किमुचौरको स्थापना दिवसमा वृहत अन्तरक्रिया कर्यक्रम हुने

Posted on: 19 Apr, 2016

nepal abashiya bidhyalayaशंकर के.सी./बैशाख ७, सल्यान । सल्यानको धनवाङ १ मा रहेको नेपाल राष्ट्रिय उच्च माध्यामीक विद्यालय किमुचौरले आफ्नो स्थापना दिवसको अवसरमा वृहत रुपमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

५२ औँ स्थापना दिवसको अवसरमा विद्यालयले शैक्षिक गुणस्तर कसरि वृद्धि गर्न सकिन्छ र सबै बालबालिकालाइ विद्यालयको पहुँचमा ल्याउन के कस्ता प्रयासहरु गर्न सकिन्छ जस्ता विषयमा यहि वैशाख १२ गते वृहत रुपमा अन्तरक्रिया गर्न लागेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भिम बहादुर सेनले जनाउनुभयो ।

student

आगामी आइतबार विहान साढे ७ बजे सल्यान जिल्लाका दुवै क्षेत्रका सांसद्, प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारि, जिल्ला शिक्षा अधिकारि, जिल्लामा क्रियाशिल राजनीतीक दल, शिक्षक तथा विद्यार्थी संघसंगठनहरु, पत्रकार, अभिभावक तथा विभिन्न सरकारि र गैर सरकारि संघसंस्थाका प्रमुख प्रतीनिधीहरुको विचमा अन्तरक्रिया कार्यक्रम गर्न लागीएको प्राचार्य दामोदर शर्माले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!