नातिनीलाई जबर्जस्ती गर्न खोजेपछि... नातिनीद्वारा हजुरबुबाको हत्या

Posted on: 13 Sep, 2018

भदौ २८, रामेछाप | तेह्र वर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको छ । 

आफूलाई जबर्जस्ती गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया किशोरीले हानेको रडले लागेर रामेछाप नगरपालिका–७, मुढाजोर रजगाउँका ६५ वर्षीय पूर्णबहादुर श्रेष्ठको ज्यान गएको हो । 

बिहीबार बिहान करीब ८ बजेको समयमा ती किशोरी घरबाट केही टाढा रहेको बारीमा घाँस काट्न हिँडेकी थिईन् । सो क्रममा श्रेष्ठले जबर्जस्ती गर्न खोजेको र आफू फुत्किएर घर पुगी फलामको रड लिएर श्रेष्ठको घरमै गई प्रहार गरेको किशोरीले प्रहरीसमक्ष बताएकी छिन् । 

घटनामा प्रयोग भएको रडसहित किशोरीले करीब १० बजे प्रहरी चौकी रामेछापमा हत्याको बारेमा जानकारी गराई आत्मसमर्पणसमेत गरेको पनि प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!