निर्मला पन्त हत्या प्रकरण: शंकाको घेरामा निर्मलाकै मामा !

Posted on: 14 Sep, 2018

भदौ २९, काठमाडौं । निर्मला हत्या प्रकरणलाई देशभरले नियाली रहेको छ, यो अवस्थामा न्याय माग्न कञ्चनपुरबात निर्मला पन्तकि बुबा यज्ञराज पन्त र आमा दूर्गादेवी पन्त अहिले काठमाडौं आएका छन् । घटनाको बिभिन्न तरिकाले विश्लेषण हुँदै गर्दा यतिखेर निर्मलाकै आमा/बुबाले निर्मलाको शव मामाको दबावमा परेर जलाइएको भन्दै उनै माथि औंला उठाएका छन् ।

शव जलाउन दबाव दिने डोटीका तीर्थराज भण्डारीको भूमिकामाथि सत्यतथ्य छानविन हुनुपर्ने निर्मलाका पिता यज्ञराजले माग गरेका हुन् । तिर्थराज नाताले निर्मलाका मामा पर्छन । तीर्थराजले घटना भएपछि कञ्चनपुर आएर निर्मलाको शव जलाउन एसपी र सिडिओसँग मिलेर धम्कीपूर्ण दबाव दिएका थिए । 

निर्मलाका बुबा यज्ञराजले घटनाको सत्यतथ्य बुझ्नुपर्छ भन्दा तीर्थराजले बीचमा आएर लास उठाउनमा मात्र ध्यान दिएको भन्दै तीर्थराजका बारेमा यज्ञराजले पत्रकारसँग भने, ‘त्यो नेतागिरी गर्छ । त्यो अहिलेसम्म हामीलाई भेट्न आएको छैन । मैले फोन गर्दा आउँछु भन्यो, आएन । एक महिनासम्म फोन स्वीच्ड अफ भयो ।’ 

यज्ञराजका अनुसार निर्मलाको हत्यापछि परिवारजनले शव जिम्मा लिन नमानिरहेका बेला तीर्थराज अकस्मात कञ्चनपुर पुगेर सिडियो र एसपीसँग मिलेर परिवारका सदस्यहरुलाई निर्मलाको शव जिम्मा लिन र जलाउन दबाव दिएका थिए । तीर्थराज निर्मलाका सहोदर मामा भने होइनन् । तिर्थराज दूर्गादेवीकि जेठाबुबाका छोरा हुन् । यज्ञराजले तीर्थराजलाई बोलाउंदै नबोलाएको तर कंचनपुर आएर शव जलाउन ठूलो भूमिका खेलेको भन्दै उसै माथि पनि शंका उब्जिएको बताएका छन् । 

तिर्थराज त्यस अघि निर्मलाको घरमा कहिल्यै आएका थिएनन् । तर, निर्मलाको हत्यापछि परिवारजनले शव जलाउन नमानिरहेका बेला उनी अकस्मात कञ्चनपुर पुगेका थिए । त्यसो त शव जलाएर डोटी फर्किएका मामा तिर्थराज त्यसपछि पनि कंचनपुर फर्किएनन् । 

यस बिषयमा शंकाको घेरामा निर्मलाका मामा तिर्थराजले प्रहरीले भान्जीको हत्यारा पत्ता लगाउँछ भन्ने विश्वासमा शव जलाउन भूमिका खेलेको बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!