पत्रकार कुटपिट गर्नेलाई कारवाही गर्न माग

Posted on: 14 Sep, 2018

भदौ २९, गुलरिया (रासस) | थारु पत्रकार संघ बर्दियाका अध्यक्ष तथा ‘अख्बारी’ पाक्षिक पत्रिकाका शरम चौधरीमाथि कुटपिट भएको छ । 

बिहीबार साँझ गुलरियाबाट घर फर्किरहनुभएका उहाँलाई बारबर्दिया नगरपालिका वडा नं ५ स्थित जल्दहवा गाउँमा तीन जनाको समूहा रहेका व्यक्तिले कुटपिट गरी घाइते बनाएका हुन् । 

उक्त घटनाको नेपाल पत्रकार महासङ्घ, थारु पत्रकार संघ, प्रेस सेन्टर नेपाल र प्रेस चौतारीले प्रेस विज्ञप्ति प्रकाशन गरी घाइतेको उपचार र आक्रमणकारीबाट फुटेको क्यामराको क्षतिपूर्ति उपलब्ध गराउन माग गर्नाका सार्थ घटनामा संलग्नलाई कारवही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!