झुटा तमसुकबाट ब्रम्हालुटः ५० हजार ऋण दिएको एक बर्ष मै ११ लाख बढिको तमसुक

Posted on: 15 Sep, 2018

प्रेम सुनार | भदौ ३०, गुल्मी ।  केहि दिन अघि प्युठानका एक ब्यक्तिले गुल्मीका एक बृद्धलाई  जम्मा ६ हजार रुपैयाँ दिएर १० लाखको तमसुक बनाई उनको १० रोपनी  जमिन दृष्टी पास गराएको समाचार सम्प्रेषण भए लगत्तै ति ब्यक्तिबाट ठगिने थुप्रै ब्यक्तिहरुले   उनको कर्तुत विरुद्ध आवाज उठाउन थालेका छन ।  प्युठान जिल्ला झिम्रुक गाउँपालिका वडा नम्वर २, वाँदीकोटका अन्दाजी ५२ बर्षिय रेकमबहादुर खत्रीको कर्तुत  बिरुद्ध आवाज उठाईएको हो । 

बर्षऔ आफ्नै गाउँमा कैयौं सोझा साझी र अनपढहरुलाई आफु खुशी तमसुक लेख्दै ठेकी काट्दै ब्याजको स्याज गराउँदै बिल्लबाँठ पार्दै आई रहेका छन रेकमबहादुरले  । गोरेटोबाटोमा गाउँ गाउँ र घर घरमा ऋण दिन र असामी उठाउनका लागि उनले मोटर साईकलको साटो घोँडा चढ्ने गरेका छन । मान्छे हेरेर  बोलीमा  मिठास पनि छ र धाक धम्की पनि उति कै छ भन्छन स्थानियहरु । उनी विरुद्ध हात हाल्नु भनेको अरिङ्गालको गोलामा हात हाल्नु जस्तै हो भन्छन स्थानियर थरिकाम हुन्छन ।

५० हजार ऋण लिए तर तमसुक ११ लाख ४४ हजारको

उनिबाट पिडित मध्येका वादीकोट कै देवबहादुर घर्ति मगर भन्छन –‘ म सोझो मान्छे हुँ । ईन्डियामा नोकरी गर्छु ।  पोहर साल रेकमबहादुर बाट ५० हजार ऋण लिएका थियौं । मेरी श्रीमतिले एक पटक ३२ हजार लगेर तिरिन । अर्को पटक २० हजार रुपैयाँ लगेर तिरिन । पछि त ११ लाख ४४ हजारको तमसुक बनाएर जिल्ला अदालत प्युठानमा मुद्धा दिए । ’ उनले त्यो मुद्धा जितेर यति बेला हामीलाई थात न बासको अवस्थामा पुराएका छन ।

उनले थपे–‘साह्रै अन्यायमा परियो । उनि बिरुद्ध यो गाउँमा मुख खोल्न सकिन्न  । यहाँ मसालको दवदवा छ । त्यसैको आडमा उनले मेरो मात्रै होईन यहाँका थुप्रै सोझा साझीलाई सुकुम्वासी बनाएका छन । उनकै भाई मिनबहादुर घर्तिले एक लाख ऋण लिएको एक बर्षमा २ लाख ३३ हजारको तमसुक बनाईयो  । देवबहादुर घर्ति मगरबाट  ११ लाख ४४ हजार साँवा र अदालतले तोकेको ब्याज सहित १२ लाख ५६ हजार ४ सय ९३ रुपैयाँ ३२ पैसा असुल उपर गर्ने  फैसला भएको छ । उक्त तमसुकका साँछीहरु गुल्मीको साविक मलागिरी ५ का जुमानसिंह खड्का ,  लेखक एवं साँछी कृष्ण सेन वलि , मदाने ६ पुर्कोटदहका चिन्ताबहादुर कुँवर , सोही स्थानका भिमबहादुर कुँवर , अर्घाखाँची अर्घातोष ७ का मानबहादुर घर्ति । घर्तिको घर रेकमबहादुरको घर धेरै टढा पर्दछ ।  


स्थानिय समाज सेवी रुमलाल खनाल भन्छन–‘ यहाँका गरिव सोझा साझीलाई  त रेकमबहादुरले विल्लीबाँठ नै पारेका छन ।  घर्ति मगर बन्धुहरुले लिएको रकम ढाँटेका होईनन । रेकमबहादुर प्रमाण जुटाउनमा खप्पीस छन । साँझी बस्नेहरु उनका त्यही कारोवारका एउटै ग्याङ्गका  हुन ।

दिएको पाँच हजार ऋण तमसुक १ लाख ६० हजारको

वारी गुल्मी पुर्कोटदहका ताकमान थापा , चिन्दबहादुर कुँवर , गोकर्ण बिष्ट , अर्घाखाँचीका मानबहादुर घर्ति तमसुकका साँझी हुने गरेका छन । अरु पनि उनको ग्याँङ्गमा भएको खनाले बताउँछन । मलागिरीको पुर माविमा ४० साल देखि दुुई तिन रोपनी जग्गा मेरो जमिन हो भन्दै आएका छन ।   प्यठान झिमु्रक–१ बडाचौरका कमल सावतले ५ हजार ऋण लिएकोमा रेकमबहादुरले १ लाख ६० हजारको तमसुक बनाए ।

१७ हजार लिएको ३३ महिनामा १ लाख ९७ हजार

समाचार लेख्दा लेख्दै फेरी अर्का पिडितको फोन आयो । गुल्मीको मादने गाउँपालिका वडा नम्वर ५ मलागिरीका विमल खड्काले ३३ महिना अघि रेकमबहादुरबाट १७ हजार लिएको  बताए । उनले भने ३३ महिना पछि मलाई १ लाख ९७ हजारको तमसुक बनाएर ठगेका छन । स्थानिय समाज सेवी भन्छन रेकमबहादुरको अर्को नाम रकम बहादुर हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!