गुल्मीमा आज देखि महायज्ञ सुरु

Posted on: 15 Sep, 2018

प्रेम सुनार | भदौं–३०, गुल्मी ।  गुल्मीको सदरमुकाम तम्घासको उपल्लो तम्घास माध्यामिक विद्यालयमा रेसुङ्गा धार्मिक तथा शैक्षिक महायज्ञ सुरु हुन गई रहेको छ । महायज्ञको सम्पुर्ण तयारी पुरा भई आज विहान १० बजेबाट कलश यात्रा सुरु गरिने मुल समारोह समितिका संयोजक तथा रेसुङ्गा नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष नारयाण बराल ( सुनार ) ले जानकारी दिए ।

विद्यालयका प्रधानध्यापक राममणी पन्थीका अनुसार विद्यालयको शैक्षिक बिकासका लागि पहिलो पटक त्यस विद्यालयले महायज्ञ गर्न लागेको र देश बिदेशबाट सहयोगको घोषण भई सकेको छ । महायज्ञ प्रचार प्रसार समितिका संयोजक तथा वडा नम्वर ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डेले सबै पक्षबाट सहयोगको अपेक्षा राखेको बताए ।  उनका अनुसार तम्घास मन्दिरबाट सुरु भएको कलश यात्रा देउराली हुँदै तम्घास बजारका विभिन्न स्थान परिक्रममा गरी उपल्लो तम्घास मावि अगाडीको महायज्ञ स्थलमा पुग्ने छ ।

महायज्ञको पाँच नम्बर प्रदेशका सभासद तथा बिशेष समिति सभापति कमलराज श्रेष्ठले यद्घाटन गर्ने छन । जिल्ला मै पहिलो पटक धार्मिक महोत्सवको दलित समुदायका नारायण सुनारले नेतृत्व गरेकाले पनि निकै महत्वका साथ लिईएको छ र प्रोत्साहनका लागि सबै पक्षबाट सफल बनाउन जुटिरहेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!