कृषि उत्पादनमा जोड

Posted on: 15 Sep, 2018

भदौ ३०, लहान | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले कृषि उत्पादनमा वृद्धि ल्याउन सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको बताउनुभएको छ । 

जिल्ला उद्योग वाणिज्य सङ्घको ३१औँ साधारणसभाको आज उद्घाटन गदै मन्त्री यादवले सहकारी संस्थालाई उद्योग खोल्न सल्लाह र सुझावसमेत दिनुभयो । उहाँले कालाबजारी गर्ने व्यापारीलाई कडाभन्दा कडा सजाय हुने बताउनुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ केन्द्रीय उपाध्यक्ष किशोर प्रधानले कृषिमा आधुनिकीकरण गर्न सकिएमा खाद्यान्नमा आत्मनिर्भर हुन सकिन्छ र यसबाट मुलुकमा समृद्धि आउन सक्दछ भन्नुभयो । 

कार्यक्रममा लहान नगर प्रमुख मुनि साह, सभासद पद्मनारायण चौधरी अध्यक्ष सुनिल महतो र उद्योग वाणिज्य सङ्घका पदाधिकारीको सहभागिता रहेको थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!