सती श्राप मोचन संकल्प महायज्ञको तयारी तिब्र

Posted on: 16 Sep, 2018

भाद्र ३१, मकवानपुर | आउँदो मंसिर ३ बाट हेटौँडामा हुने सती श्राप मोचन संकल्प महायज्ञको तयारी तिब्र पारिएको छ।  इच्छा कामना साधना परिवारको आयोजनामा महायज्ञ हुने महायज्ञको तयारी तिब्र पारिएको आज हेटौडामा पत्रकार संम्वेलन गरेर जानकारी दिइएको  हो ।

महायज्ञको विषयमा जानकारी दिँदै इच्छा कामना साधना परिवारकी केन्द्रीय अध्यक्ष शुष्मा शर्मा बडालले यस्तो महायज्ञ देश भर लगाउने योजना रहेको बताउनु भयो । 

नेपाललाई सतीले श्राप दिएको देश भन्ने गरिएको र  सती श्राप मोचनको लागि महायज्ञ लगाउनु लागिएको उहाँको भनाई छ।  महयज्ञ बाट संकलित रकमबाट  मकवानपुरमै तिर्थ स्थल निर्माण,  गौशला निर्माण, बृद्धाश्रम तथा शान्ति पार्क निर्माणको लक्ष्य राखिएको उनको भनाई छ । पत्रकार संम्वेलनमा बोल्दै कार्यक्रमका संयोजक महेन्द्रनाथ शर्माले हेटौडामा निर्माण हुन लागेको ५५ फिटको हनुमानको मुर्ति निर्माणको लागि महायज्ञ बाट संकलित रकम खर्च हुने बताउनु भएको छ। हेटौँडाको गोरक्षश्वर मन्दीर परिषरमा हुने महायज्ञ १६ दिनसम्म चल्ने छ ।  महायज्ञमा करिब २ करोड खर्च हुने अनुमान आयोजकको रहेको छ ।

हेटौँडामा सती श्राप मोचन संकल्प महायज्ञहुनु गौरबको विषय भएको भन्दै मुल आयोजक समितिका सहसंयोजक सुन्दर शाहीले सबै मिलेर महायज्ञ सम्पन्न गर्न सहयोग गर्नुपर्नेमा जोड दिए । महायज्ञमा नेपालभरबाट भक्तजनहरुलाई हेटौँडासम्म ल्याउने तयारी समेत आयोजकले गरेको शाहीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!