कोरियाको विकासबाट नेपालले पाठ सिकोसः राजदूत सिक

Posted on: 16 Sep, 2018

भदौ ३१, बागलुङ | नेपालका लागि कोरियाका राजदूत पार्क योङ्ग सिकले नेपालले कोरियाको तीब्र विकासबाट पाठ सिकेर अगाडि बढ्न जरुरी रहेको बताउनु भएको छ । 

बागलुङको धौलागिरि बुहमुखी क्याम्पसमा आज आयोजित कोरियाको इतिहास, संस्कृति तथा अर्थतन्त्रसम्बन्धी कार्यशाला गोष्ठीमा राजदूत सिकले ६० वर्ष अगाडिको गरीब कोरिया यति छिट्टै संसारकै विकसित राष्ट्र हुनुमा कोरीयाली जनताले कृषि तथा औद्योगिक क्षेत्रमा गरेको मेहनतको प्रतिफल भएको बताउनुभयो । 

राजदूत सिकले कोरियाको तीब्र विकास हुनुमा भ्रष्टाचारविरुद्धको अभियान चाल्नु, आर्थिक तथा सामाजिक क्षेत्रमा ठूलो लगानी गर्नु रहेको उल्लेख गर्नुभयो । इपीएसमार्फत कोरिया गएका नेपालीले त्यहाँ सिकेको सीप नेपाल फर्केर कार्यान्वयनमा ल्याउनुपर्ने राजदूत सिकको भनाइ थियो । सो अवसरमा कोरियाको तीब्र विकास कसरी भयो भन्ने बारेमा भिडियोसमेत प्रस्तुत गर्नुभएको थियो । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!