बाग्लुङमा पहिरोले पुरिएर एक महिलाको मृत्यु

Posted on: 17 Sep, 2018
रविलाल पौडेल | असोज १, गुल्मी । छिमेकी जिल्ला बाग्लुङ्गमा  पहिरोले पुरेर एक महिलाको ज्यान गएको छ ।  जिल्लाको भीमगिठे नजिकै तुरतुरेमा पुनः आज पहिरो जाँदा  त्यस पहिरोले पुरेर अर्घाखाँची वल्कोट घर भई हाल वुर्तिवाङमा फेन्सी पसल गर्दै आएकी ४० वर्षिय विविरन खातुन ( मियानी ) को ज्यान गएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङ्गले जनाएको छ । वुर्तिवाङ वाट चाड मनाउन अर्घाखाँची तर्फ जाँदै गर्दा अकस्मात माथिवाट खसेको ढुंगाले उनलाई पुरेको थियो ।
 खातुन संगै रहेका उनको श्रीमान अयुव मिँया भने बाँच्न सफल भएका छन ।  तीन दिन अघि तुुतुरेमा  पहिरो जादा ४ घर डुबानमा परेका थिए भने अझै पनि बडिगाड खोलाको जमेको पानीले ताल बनेको छ।  पहिरोले क्षति भएको बाटो संचालन गर्न भने निकै नै समय लाग्ने बताईको छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!