राधा माबि बोगटी गाँउमा विद्युतिय हाजिरी सुरु

Posted on: 17 Sep, 2018

कमल रावल | असोज १, अछाम | मंगलसेन नगरपालिका वडा नम्बर ४ बोगटी गाँउमा रहेको राधा माध्यामिक बिद्यालमा विद्युतिय हाजिरि सुरु भएको छ । एक कार्यक्रमका बिच मंगलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहराले विद्युतिय हाजिरिको उदघाट्न गर्नु भएको हो । 


विद्युतिय हाजिरिको शुभारम्भ गर्दै नगर प्रमुख बोहराले सुचना प्रबिधिको युगमा प्रबिधिको सही सदुपयोग सबैले गर्दै जानु पर्ने बताउनु भयो । शिक्षक विद्यालयमा नियमित हुनलाई विद्युतिय हाजिरिले निकै टेवा पुग्ने भएकाले आगामि दिनमा मंगलसेन नगरपालिकाका सबै विद्यालयमा बिस्तारका लागि पहल गर्ने बताउनु भयो । विद्यालयमा विद्युतिय हाजिरि, सिसि क्यामरा जडन लगाएतका प्रबिधि जडन कार्यलाई नगरपालिकाले अगाडी बढउने उहाँले बताउनु भयो । विद्यालय ब्यबस्थापन समिती अध्यक्ष तथा वडा नम्बर ४ का अध्यक्ष पदम बहादुर धामिको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथी स्रोतब्यक्ति बृकेश बोगट्ी बिशिष्ट अतिथी रहनु भएको थियो । कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष हरिप्रसाद ढुगाना, कार्यपालिका सदस्य मोती कामि, पहलसिंह भुल, वडा सदस्य लोकेन्द्र केसि, भावना केसि अतिथी रहनु भएको थियो । विद्यालयको आन्तरिक कोषको करिब ३० हजार लगानिमा विद्युतिय हाजिरि सेवा सुरु गरिएको विद्यालयका प्रधानाध्यापक भिम बहादुर बिकले बताउनु भयो । कार्यक्रमको संञ्चालन शिक्षक एकिन्द्र विकले गर्नु भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!