भक्तपुरमा एक युवतीले आफ्नै माइती घरमा झुण्डिएर आत्महत्या गरिन्

Posted on: 17 Sep, 2018

असोज १, भक्तपुर । भक्तपुरमा माइती घर बस्दै आएकी एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । भक्तपुर नगरपालिका- ४ गःहिटीकी २३ वर्षीया रेजिला मधिकर्मीले माइतीघरमै झुण्डिएर आत्महत्या गरेकी हुन्। रेजिला विवाहित भएपनि श्रीमानसँग बस्न नसकेपछि माइतीघरमा बस्दै आएकी थिइन् |

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार माइतीघरको पाँचतलामाथि स्टोर कोठामा रहेको सिलिङ पंखामा सलको पासो लगाइ झुण्डिएर आत्महत्या गरेकी हुन्।  

घटनास्थलमा आत्महत्या गरेकोबारे कुनै टिपोट फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आमाबुबाले मागी विवाह गरिदिएकी रेजिला श्रीमानसँग बस्न नसकेपछि ६ महिनाअघिदेखि माइतीघरमै बस्दै आएका थिइन् । प्रहरीले विवाह भएर पनि श्रीमानसँग बस्न नसकेपछि निराश भएर आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताईको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!