रारामा ठुला होटलसहित विमान स्थल आबश्यकः मुख्य मन्त्री

Posted on: 18 Sep, 2018

प्रेम सुनार | असोज–४, बुटवल । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासका लागि त्यहाँको पर्यटकिय स्थल रारामा ठुला  ठुलो होटल, रिसोर्ट विमान स्थलको आबश्यकता भएकाले त्यसका लागि अन्तराष्ट्रिय लगानीकर्ता भित्राउने पहल भई रहेको बताएका छन ।

प्रदेश सरकारको विशेष आग्रहमा चिन सरकारको स्वामित्वमा रहेको नर्थ वेस्ट एभिएसन कम्पनीको टोलीलाई   सुर्खेतको मदानेचौर, बीरेन्द्रनगर र मुगुको रारा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न पुगेको मुख्यमन्त्री शाहीले  त्यहाँबाट  फर्केपछि सुर्खेत विमानस्थलमा आज पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताएका हुन ।


उनले  पर्यटन, जलविद्युत, सडक र विमानस्थल निर्माणका लागि अन्तराष्ट्रिय लगानी आवश्यक रहेकोले त्यसको पहल थालिएको जानकारी दिए ।  भैरहवा विमान स्थलको समेत निर्माणको जिम्मा पाएको उक्त कम्पनीले   रारामा पनि विमान स्थल  निर्माण गर्ने  बिषयमा सकरात्मक रहेको मुख्यमन्त्री शाहीले बताए । 

त्यस्तै टोलीले  जलविद्युत  विकासका लागि तिला १ र २, फुकोट हाईड्रोपावर लगायतका क्षेत्रमा अवलोकन गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!