सहयात्रा नेपालको अध्यक्षमाः धमला

Posted on: 18 Sep, 2018

भास्कर के.सी | असोज २, कञ्चनपुर | कञ्चनपुरमा स्थापित रहेको सहयात्रा नेपालको अध्यक्षमा चित्रमान धमला चयन भएका छन । 

मंगलबार भएको उक्त संस्थाको आमभेला बाट अध्यक्षमा धमला, उपाध्यक्षमा नरेन्द्र कठायत, सचिव कालुराम चौधरी, कोषध्यक्षमा राजु लामा, लगायत सदस्यमा राम सिह विष्ट, लालमणि भट्ट, चिन्तामणि नेपाल, हरी प्रसाद चौधरी, गंगा दत्त भट्ट, मनिसा बि.क र धन बहादुर महता लगायत ११ जना सदस्य समितीको चयन भएको छ ।

त्यसै गरी सल्लाहकारमा अर्जुन सुवेदीले, चाल्स बोन सिजापती र मनिसा चौधरी चयन भएका छन् त्यसै सँगै संस्थाले पुर्णता पाएको छ । अर्जुन सुवेदीको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।


सहयात्रा नेपालको कर्मचारी तथा प्रशासकिय नियामावली २०७१ लाई प्रतिस्थापन गरी २०७५ लागु गर्ने गरी निर्णय गरिएको सल्लाहकार सिजापतीले बताए । 

संस्थाले निरन्तर रुपमा समाजमा रहेका असुरक्षित यौन रोग र एचआईभी एड्स सम्बन्धित रोक थाम जनचेतना मुलक कार्यक्रम चलाउदै आएको र अल्पसंख्यक समुहहरुको वकालत गर्ने गरेको पनि सल्लाहकार सुवेदीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!