सार्वजनिक स्थानमा यौनाङ्ग देखाएको आरोपमा बाबुछोरा पक्राउ

Posted on: 19 Sep, 2018

असोज ३, ताप्लेजुङ | ताप्लेजुङमा सार्वजनिक स्थानमा यौनाङ्ग देखाएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । फुङलिङ नगरपालिका–६ विहिबारे निवासी तेजबहादुर लिम्बु र छोरा सुमन लिम्बु पक्राउ परेका हुन् । गत भदौ २१ गते दिउँसो छोरा सुमनले बाटोमा निस्केर यौनाङ्ग देखाएको र बाबुले छोरालाई प्रोत्साहन गरेको भनि छिमेकीले जाहेरीका दिएपछि  उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

दुवैलाई जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी काँसीनाथ रेग्मीले बताए । नयाँ मुलुकी संहिता अनुसार सार्वजनिक स्थलमा यौनाङ्ग देखाउनेलाई १० वर्षभन्दा माथीका व्यक्तिलाई ६ महिनासम्म कैद हुने व्यवस्था छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!