कञ्चनपुर साउद समाज आयोजकको अध्यक्षमा विरेन्द्र साउद

Posted on: 19 Sep, 2018

भाष्कर के.सी | आश्विन ३, कञ्चनपुर | समाजमा रहेका गरीब र निम्न आय भएका वर्ग तथा विपन्न परिवारलाई आय आर्जन गर्ने सीप मुलक र आय मुलक कार्यक्रमहरु सञ्चालन गरि आत्म निर्भर बनाउने साथै समाजमा रचनात्मक कार्यहरु गर्दै समयको गतिको साथ साथै तिब्र रुपमा वृद्धि भई रहेको मानवसमाजले वेहोनु परिरहेका अनेकौ समस्या एवम वाधा व्यवधानहरु पहिचान गरि समाजमा सक्दो सेवा गर्दै अगाडि बढने उद्देश्यका साथ आज (बुधबार) संविधान दिवसको अवसर पारी साउद समाज आयोजक समितिको गठन गरिएको छ ।

नेपालको जुन सुकै भागमा बसोबास गरीरहेका साउद समुदायको वंशावली, गोत्र, र तामपत्र आदि आवश्यक कुराहरु संकलन गरी लेख तथा मुखपत्र खडा गर्ने समाजमा धार्मिक समाजिक एवंम आर्थिक क्षेत्रमा आइपर्ने बाधा अडचनहरुमा सहयोग पुर्याई समस्या निराकरण गर्न आजको विश्वव्यापीकरणको समयमा सञ्चारको माध्यमले विश्वलाई साघुरो बनाइ रहेको अवस्थामा हामी साउद भाइ बन्धुहरुमा एक आपसमा चिनजान हुन नसकिरहेको अवस्थामा यस साउद समाजको गठन गरी सम्पुर्ण साउद समाजलाई एकत्रित गरि बनसावली निर्माण गर्ने र साथै समय प्रवेश अनुसार साउद समाजलाई विभिन्न रचनात्मक कार्यगरी  अगाडी बढाउनुको साथै समाजमा अन्य वर्गहरु सँग पनि समन्वय गरी समाज तथा देश विकासको लागि सहयोग गने साउद समाजका अध्यक्ष विरेन्द्र साउदले बताउनु भयो । 

बुधबार भएको भेला आयोजक समितिमा लाल सिह साउदको अध्यक्षता रहेको थियो उक्त कार्यक्रममा अतिथी सावद सेवा समितिका केन्द्रिय सल्लाहाकार संयोजक खडक साउद रहनु भएको थियो । आज भएको भेलाले अध्यक्षमा विरेन्द्र सिह साउद, लगायत १३ जना सदस्य रहेका छन् भने १ जना सल्लाहाकार संयोजक डा. राजकुमार साउद गरी ९ जना सल्लाहकार सदस्य रहेका छन् । त्यसगरी पछि १–१ जना सदस्य र सल्लाहाकारमा थप हुने गरी साउद समाजको चयन गरिएको छ ।

केहि महिना भित्रै जिल्ला भेला गराई जिल्ला कार्य समितिको चयन हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!