नेपाल जेसीजको क्षेत्र(ख) सम्मेलनको पूर्वसन्ध्यामा सरसफार्इ

Posted on: 19 Sep, 2018

पर्वत । नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको पूर्वसन्ध्यामा कुश्मा बजारको सरसफाइ गरिएको  छ । यहि असोज ५ र ६ गते कुश्मामा हुने क्षेत्र(ख) सम्मेलनलाई लक्षित गरी कुश्मा बजारको बृहत सरसफाइ गरिएको हो ।

सम्मेलन हुन अब केहि दिनमात्रै बाँकी रहेको बेलामा जेसिजले कुश्मा बजारलाइ झिलिमिली बनाउने काम तिब्र पारेको छ । कुश्मा बजारका चोकचोकमा पतङ्गा टाँगिन थालिएको छ ।

कार्यक्रमका देशभरका झण्डै ७ सय जेसीज पर्वतमा आउने आयोजकको दाबी रहेको छ । जिल्लाको पर्यटन प्रर्बद्धनको विकासको लागि उक्त सम्मेलन प्रभावकारी हुने आयोजकको दाबी छ ।

आयोजक पर्वत जेसीजले क्षेत्र ख अन्तरगतका झण्डै ३२ शाखाको उक्त कार्यक्रमका सहभागी हुने जनाएको छ । ‘हामीले यो सम्मेलन जिल्लाको पर्यटन विकासको लागि गरेका हौं । पर्यटन प्रर्वद्धन हुनेमा हामी पूर्ण विश्वस्त छौं’ । उक्त कार्यक्रमका संयोजक बशन्त कुमार कर्माचार्यले  सहारापाटीसँग भने ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!