प्रधानाध्यापकले नै विद्यार्थीको कान फुट्ने गरि कुटेपछि...

Posted on: 19 Sep, 2018

असोज ३, नवलपरासी । नवलपरासीको बुलिङ्टार-६ अत्रौलीस्थित शिव माध्यामिक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीमाथी कुटपिट गर्दा एक विधार्थी घाइते भएका छन् | विद्यार्थीमाथी कुटपिट गर्दा एक विद्यार्थीको कान फुटेको छ ।


निर्धारित समयभन्दा विद्यालयमा १५ मिनेट ढिला आएको भन्दै प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की नेपालीलाई कुटपिट गरेका हुन् । घाइते खुमानको कानबाट रगत बगिरहेको छ ।

उनको कानभित्र भएको क्षतीका बारेमा चेकजाँच भैरहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । प्रधानाध्यापक श्रेष्ठले प्रार्थन चलिरहेका बेला खुमानसहित १० जना विद्यार्थीलाई लाइन लगाएर कुटेका थिए ।

घाइते विद्यार्थी खुमानको पुरानो मेडिकल कलेज भरतपुर उपचार भैरहेको छ । यसअघि पनि उनले विद्यार्थीहरुलाई नियमित पिट्दै आएको पीडित विद्यार्थीहरुको भनाइ छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!