देवरानी - जेठानीको झगडाले शिशुको मुखमा एसिड, ६ महिले बालकको मृत्यु

Posted on: 21 Sep, 2018

असोज ५, अछाम । तुर्माखाद गाउँपालिका ४ चिसीका ६ महिने मुस्कान बयकको मुखमा एसिड छ्यापिएको घटना पािरिवारिक कलहकै कारण भएको खुलेको छ । 

उनकी २१ बर्षीया काकी जानकी बयकले प्रहरीसमक्ष पारिवारिक कलहकै कारण आफैंले एसिड छ्यापेको स्वीकारेकी छन् । 

मृतककी आमा र जानकी घरका जेठानी देवरानी हुन् भने माइतिघरका सहोदर दिदीबहिनी पनि हुन् । मुस्कानका बुबा महावीरले बेलाबेला झगडा पर्ने गरेको बताए । 

'मेरो छोरो गर्भमा हुँदा जानकीले छोरो जन्मिए ज्युँदो नराख्ने धम्की दिएकी थिइन् । उनले भने, मेरो श्रीमतिले उनलाई २ सय ५० रुपैयाँ तिर्नुपर्ने थियो । पैसा तिर्न आलि ढिलो भए पछि उनले भदौ २९ गते झगडा गरेकी थिइन् । त्यसै दिन अबको दुई दिनपछि तलाईं देखाइदिन्छु भनेकी थिइन् । नभन्दै २ गते छोरामाथि यस्तो घटना भयो ।' प्रहरीसँगको बयानमा जानकीले भनेकी छन्, 'बच्चा रुन थालेपछि पानी हो भनेर २ थोपा खुवाएकी हुँ ।'

बयानका क्रममा दिदीबहिनीको झगडा भइराख्ने र २९ गते  पनि लेनदेन विषयमा भनाभन भएको स्वीकारेको प्रहरीले जनाएको छ । आजको कान्तिपुरको पृष्ठ ८ मा यो समाचार छापिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!