मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

Posted on: 22 Sep, 2018

असोज ६, लहान | सिरहाको जिरोमाइल–बरियारपट्टी सडकखण्डस्थित सुखीपुर नगरपालिका–२ मा गए राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

सुखीपुरबाट जिरोमिरोमाइलतर्फ आउँदै गरेको स९प १११ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स२प १३०९ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा स९प १११ नम्बरको मोटरसाइकल चालक सिरहाको बरियारपट्टि गाउँपालिका–४ निवासी बिकाउ यादवको मृत्यु भएको हो । 

गम्भीर घाइते हुनुभएको उहाँको उपचारका क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको लक्ष्मीपुर पतारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविभुसन यादवले जानकारी दिनुभयो । 

सो घटनामा स२प १३०९ मोटरसाइकलमा सवार सिरहाकै धनगढीमाई नागरपालिका–५ निमचोक निवासी २६ वर्षीय रामउदगार महतो गम्भीर घाइते हुनुभएको र उहाँको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेकोे बताइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!