उपल्लो तम्घास महायज्ञ सफलः झण्डै ८० लाख संकलन, पहिचो फर्काएन कांग्रेसले

Posted on: 22 Sep, 2018

प्रेम सुनार | असोज ६, बुटवल | दैनिक जसो झरी–बर्षा र तिज पर्वको आ–आफ्नो रमझममा ब्यस्त मानिसका बाबजुद पनि गुल्मीको सदरमुकाममा रहेको उपल्लो तम्घस माध्यामिक विद्यालयले आयोजना गरेको शैक्षिक तथा धार्मिक महोत्सव–२०७५ सफल भएको छ ।  भदौ–३० गते देखि सुरु भएको महायज्ञको समापनको दिन सम्म झण्डै ८० लाख रुपैयाँ संकलन भएको छ । 

मुल आयोजक समिति , आर्थिक उपसमिति सयोजक देवराज पन्थीले जानकारी दिए । उनका अनुसार  अरु थप हिसाव जोड्न बाँकी बाहेक आज  आठौं र अन्तिम दिन सम्म ७८ लाख  १ हजार ९ सय २१ संकलन भएको छ । कार्यक्रमको समापनका प्रमुख अतिथी पुर्व सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले सबै एकमत भई महायज्ञ सफल पार्ने आयोजक र सहयोगी सबैलाई धन्यवाद दिए । 

फरक क्षमता भएका  वालवालिकाहरुलाई समेत अध्यान गराउने र सदरमुकाममै बत्ति मुनीको अँध्यारोको स्पष्ट उदाहरण भएको त्यस विद्यालयलाई माथी उठाउन आफ्नो सधैव साथ रहने उनले प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा सो पार्टीका गुल्मी जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ, ‘सचिव खिलध्वज पन्थी लगायतको आतिथ्यता रहेको थियो ।


हिजो करिव २४ लाख संकलन भएको थियो भने आज १२ लाख भन्दा बढि संकलन भएको आयोजकले जनाएको छ । तिन दिन सम्म झरी प¥यो । चार दिन जति तिज पर्वको आफ्नै रमझममा मानिसहरु हुँदा पनि यति रकम उठ्नु र हरेक दिनको सहभागिता भब्य हुनुलाई  सफल ठानेका छौं मुल आयोजक समिति संयोजक तथा वडा नम्वर ९ का वडाध्यक्ष नारायण बरालले भने हामी सबै सहयोगी र दानविरहरु प्रतिकृता जाहेर गर्दछौं । 

देश विदेशमा कार्यरत एउटै टोल उपल्लो तम्घासमा ३१ ज्ना ईञ्जिनियर रहेको पाईएको छ । ईञ्जिनियर पारश पन्थी र कृष्णप्रसाद पन्थीको  संयोजनका ति ईञ्जिनियरहरुले आज ३ लाख १६ हजार ५ सय ५१ रुपैयाँ संकलन गरी महायज्ञमा दान गरेका छन । तम्घास सोता कै यमकान्त पाण्डे र धर्मपत्नी यमकली पाण्डे र छोराहरु, कृष्ण, गोपाल, वेद मोहन पाण्डे र छोरीहरुले आज सबै भन्दा बढि १ लाख ३३ हजार ५ सय ३३ रुपैयाँ दान गरेका छन ।

रेसुङ्गा नगरपालिकाका कर्मचारीहरुले ७२ हजार २ सय २५ रुपैयाँ दान गरेका छन । हिजो  सोही पालिका प्रमुख डिल्लीराज भुसालले १ लाख २७ हजार दान गरेका थिए । चिन्तामणी निमकला प्रतिष्ठानका अध्यक्ष नन्दराम भुसालले ५१ ह्जार दान गरेका छन । दानविर सबैको नामवाली बिद्यालयले भोली देखि सार्वाजानिक गर्ने प्रधानध्यापक लालमणी पन्थीले जानकारी दिए ।

प्रधानध्यापक पन्थीले सफल पार्न सहयोग पुराउने सबै प्रति धन्यबाद ज्ञापन गर्दै गौरव महशुस गरेको प्रतिकृया दिए ।

प्रचार प्रसार समिति संयोजक तथा वडा नम्वर ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डेले प्रतिकुल मौसम र चाड पर्वको रमझमका वावजुद पनि महायज्ञमा ब्यापक सहभागिता जुटेको प्रति  खुशी ब्यक्त गर्दै हातमा हात मिलाउने सबै प्रति आभार प्रकट गरे । 


विद्यालयलाई कृषि व्यवसायिक तथा सुविधा सम्पन्न विद्यालय सञ्चालन र शैक्षिक विकासका लागि यो शैक्षिक तथा धार्मिक महोत्सव सञ्चालन गरिएको हो । भागवत मधुकर पण्डित पुरुषोतम शरण शास्त्रीको प्रमुख वाचकतत्वमा शैक्षिक क्रान्त्रीका अभियान्ता ईश्वर शरण महाराजको संगितमय प्रर्बचनमा महायज्ञ सम्पन्न भएको हो । 

महोत्सवका सचिवालय संयोजक गौतम  का अनुसार सबै भन्दा उदाहरणीय काम जिल्लामा सम्भवतः पहिलो पटक उपल्लो तम्घासकी दलित समुदायकी बृद्धा ईन्द्रमाया सुनारको महायज्ञ मण्डपमै राखेर पण्डितहरुले चौरासी पुजा गराई दिएका छन ।  महायज्ञ विभेद रहित सनातन रह्यो ।  सम्भवतः जिल्ला मै पहिलो पटक बिद्यालयहरुको महायज्ञमा दलित समुदायका नारायण बरालले नेतृत्व गरेर ईतिहास रचेका छन । 


पालाको पहिचो फर्काएन कांग्रेसले 

विद्यालय ब्यवस्थापन समितिमा पुर्व एमालेको यति बेला बर्चस्व छ । पुर्व एमाले जनलाई यहि डर थियो कि पालाको पैंचो फर्काउँ छ कि कांग्रेसले भन्ने थियो । एक दशक अघि  कांग्रेसले नेतृत्व गरेको त्यस विद्यालयले देउँसी भैलो खेलेर विद्यालयका आर्थिक गर्जो टार्ने प्रयास गर्यो ।

तत्कालिन एमालेजनले देउँसी भैलोको दान पाँच पाँच रुपैयाँ  सहयोग गर्छौ भन्दै त्यति नै दिदै दिन्छौ उपहास गरेका थिए । त्यही डर थियो पुर्व एमाले जनलाई ।यति बेला कांग्रेसजनले त्यो पालाको पैंचो फर्काएनन बरु मुख खोले । हिजो कांग्रेस निकट नेपाल  विद्यार्थी संघका नेता एवं उपल्लो तम्घासवासी सुवास मरासीनीले मुख खोले । देउँसी भैलोमा दिएको पाँच रुपैयाँ दानको कार्यक्रम स्थल मै स्मरण गराएका थिए  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!