आजको बिदेशी मुद्राको विनिमयदर कुन देशको कति ?

Posted on: 23 Sep, 2018

असोज ७, काठमाडौं । आइतबार रियाल, दिर्हाम, दिनार र रिंगिटको मूल्य कमजोर भएको छ । कोरियन वनको मूल्य भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रिदर ३० रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६५ र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ३७ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५३ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रिदर २८ रुपैयाँ ०४ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ३२ र बिक्रिदर १० रुपैयाँ ३७ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८० रुपैयाँ ७० पैसा छ भने बिक्रिदर ३ सय ८२ रुपैयाँ ६९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ५ रुपैयाँ ६२ पैसा र बिक्रिदर ३ सय ७ रुपैयाँ २१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!