नवलपरासीमा जीप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

Posted on: 23 Sep, 2018

असोज ७, कावासोती | नवलपरासीको हुप्सेकोट–४ भैसीघाटमा गए राति बलेरो जीप दुर्घटना हँुदा एकको मृत्यु भएको छ । एक घाइते भएका छन् । 

शंखदेवबाट कावासोती हात्तीखोरतर्फ जाँदै गरेको लु१ज २९२७ नं को बलेरो जीप आफँै अनियन्त्रित भई पल्टिदा बलेरो चालक नवलपरासी बौदीकाली–४ घर हुप्सेकोटका ३५ वर्षीय कृष्ण सुनारीको मृत्यु भएको हो । 

दुर्घटनामा परी घाइते हुनुभएका सुनारीको उपचारका क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको हो । दुर्घटनामा सहचालक मेखबहादुर मर्सा¨ी घाइते हुनुभएको छ । घाइते मेखबहादुरको भरतपुरमा उपचार भइरहेको छ । बलेरोमा यात्रु नरहेको जिल्ला प्रहरी कार्यालय ननवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो । 

विद्युत् सर्ट हँुदा आगलागी 

नवलपरासीको कावासोती नगरपालिका–८ मा आज बिहान ३ बजेको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । 

कावासोती–८ निवासी पूर्णचन्द्र लम्सालको टिनले छाएको घरमा आगलागी भएको हो । 

आगलागीबाट अन्नपात, लत्ताकपडा र नगद गरी रु ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । आगो दमकल, प्रहरी र स्थानीयको प्रयासमा २ घण्टामा नियन्त्रणमा आएको थियो । आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!