धादिङमा माथिबाट खसेको ढिस्कोले परिएर एकजना बेपत्ता

Posted on: 23 Sep, 2018

असोज ७, धादिङ | बूढीगण्डकी नदीमा नुहाउन गएका एक भारतीय नागरिक आज बेपत्ता भएका छन् । 

उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– १ बुट्टारमा बूढीगण्डकी र आँखुखोलाको दोभानमा नुहाउन गएका बेला दक्षिणी भारत बङ्लोर निवासी ४० वर्षीय आनन्द मोहन माथिबाट खसेको ढिस्कोले पुरेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो । हराइरहेका ती व्यक्तिको खोजी भइरहेको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!