७१ लाख ७९ हजार भारतीय रुपैंयासहित एकजना पक्राउ

Posted on: 23 Sep, 2018

असोज ७, कैलाली | भजनी नगरपालिका ३ मोरिया घाटबाट नेपाल ल्याउँदै गरेको भारतीय रुपैयाँ ७१ लाख ७९ हजार तीन सयसहित एकजनालाई प्रहरीले प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा लम्की चुहा नगरपालिका १ लम्कीका ३२ वर्षीय कृष्णराज जैसी रहेका छन्। सशस्त्र प्रहरी बल भजनीको टोलीले जैसीलाई नेपाल आउँदै गरेको बेला पक्राउ गरेको हो ।

से ४ प ६७६० नम्बरको मोटरसाइकलमा आलुको बोराभित्र भारतीय रुपैयाँ ल्याउँदै गरेका जैसीलाई पक्राउ गरेको सशस्त्र प्रहरीका डीएसपी धीरेन्द्र शाहले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!