दशैंका लागि अग्रिम बुकिङ भोलिदेखि खुल्ने

Posted on: 24 Sep, 2018

असोज ८, काठमाडौं | यातायात व्यवसायीहरुले मंगलबारदेखि दशैंका लागि अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय गरेका छन् ।

सार्वजनिक यातायातको भाडा १० प्रतिशतले वृद्धि भएसँगै व्यवसायीहरुले दशैंका लागि मंगलबारदेखि अग्रिम बुकिङ खुल्ला गर्ने भएका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको बैठकले मंगलबारदेखि दशैंमा काठमाडौंबाट घर जाने यात्रुका लागि बसको अग्रिम बुकिङ खोल्ने निर्णय गरेको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

बैठकले यातायात व्यवस्था विभागले शनिबार सार्वजनिक गरेको सार्वजनिक यातायातको १० प्रतिशत बढेको भाडा सोमबारदेखि नै लागु हुने गरी अनुमोदन समेत गरेको सिटौलाले बताए । 

सरकारले दशैंपछि मात्रै भाडाको विषयमा कुरा गर्ने भने पनि व्यवसायीहरु आफ्नो अडानबाट पछि नहटेपछि भाडा बढाएको थियो । यसअघि गत ५ गतेदेखि अग्रिम टिकक बुकिङ खुल्ला गर्ने सहमति भए पनि पेट्रोलियम पदार्थको मुल्य बृद्धि भएपछि व्यवसायीले भाडा समेत बृद्धिको माग राखेका थिए । 

दशैंका लागि अग्रिम टिकट बुकिङ भोलिबाट खुल्ने भएको छ । नेपाल यातायात व्यवसायी महासंघको बैठकले भोलि ९ गतेबाटै अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!